काठमाडौं :
माग्नेबुढाका नामले परिचित केदार प्रसाद घिमिरेको करोड करोडको प्रोपटी छ। उनी नाम मात्रका माग्ने हुन्। २ वटा क्याफे सञ्चालक,काठमाडौंमै घर,महँगै गाडी चढ्छन्। छक्का पञ्जा टिमसँग मिलेर फिल्मको निर्माता समेत बनेका घिमिरेले फिल्मको पारिश्रमिक पनि राम्रै लिन्छन्। तर अहिले उनी कमाईको केहि हिस्सा समाज सेवामा पनि खर्चिएको हल्ला छ।
यसको साँचो के हो उनैलाई थाहा छ। तर उनी माग्ने होइन धनी राजा भइसकेका छन्।
त्यसैले उनी यतिबेला चर्चामा छन्। उनको पारिश्रमिक नै ६१ लाख। काठमाडौंको गफ गल्लीमा अहिले एउटा नाम झन झन गुञ्जिन थालेको छ, केदार घिमिरे उर्फ माग्नेबुढा । तर यो पटक उनी पुरानै माग्नेबुढा भएर नभइ,‘पैसा बाड्ने बुढा ।
केही समयअघि पशुपतिमा आयोजना भइरहेको महायज्ञमा उनले २५ हजार एक रुपैया दान गरे। जुन पैसाको चर्चा मात्र भएर समाचार नै बन्यो। जुन भिडियो युटुब र फेसबुकमा प्रशस्त भेटिन्छन्।
यस पटक नेपाली उखानले फेल खायो।
नेपाली भनाई छ नि,‘एउटा हातले दिएको अर्को हातलाई थाहा नहोस् ।’ तर माग्नेले मिडियाकै अगाडि बखान नै गरे। किनभने अरुलाई दिएको पैसा अहिलेका मान्छेले पत्याउनन्,पत्याउनका लागि मिडिया बोलाउनै पर्यो।
त्यस कारण अहिले त दिएको कुरा सुनाउनैपर्ने बाध्यता आइहाग्यो माग्नेलाई। नत्र पत्याउनका लागि न कसम खाँदा हुन्छ,न मुखैले भन्दा। सत्य भनेको भिडियो नै हो। त्यो भए पनि देखाउनै पर्यो नि होइन । त्यस कारण अब त ‘माग्नेराजा’ हैन, ‘दानी राजा’ भन्नुपर्छ!
गपिस
