काठमाडौं :
`जदौ´ फिल्ममा नव अभिनेत्री राजश्री थापा अनुबन्धीत भएकी छिन। मोडलिङ तथा स्टाइलिस्टका रुपमा सकृय राजश्रीले गायक सुशान्त केसीको एउटा गीतमा अभिनय गरेकी छिन। राजश्रीको `इन्ट्री´ संगै `जदौ´ को कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
काजी लिम्बू र अन्जन शर्माको संयुक्त निर्देशनमा बन्ने फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा,नीति शाह,प्रभातपाल ठकुरी,बिनोद न्यौपाने,गीता अधिकारी,शारदा गिरी,सन्ध्या श्रेष्ठ,अनिल सुब्बा लगायतका कलाकारले अभिनय गर्दैछ्न। अन्तरजातीय प्रेमसम्बन्ध र सामाजीक कुरिती बिरुद्दको आवाज बुलन्द गर्ने बिषयको फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा खिचिने छ।