सुचना, समाचार र मनोरन्जन

नेपालमा ‘बेन्टो केकरी’ को प्रवेश, पहिलो आउटलेट कुपन्डोलमा सञ्चालनमा

काठमाडौं :

 भारतमा सफल व्यापारिक विस्तार गरिसकेको शुद्ध शाकाहारी केक र बेकरी ब्रान्ड ‘बेन्टो केकरी’ अब नेपालमा पनि सञ्चालनमा आएको छ। पहिलो आउटलेट ललितपुरको कुपन्डोलमा स्थापना गरिएको हो।

भारतका अनुभवी उद्यमी अङ्कुर मस्कराद्वारा सन् २०२४ मा सुरु गरिएको ‘बेन्टो केकरी’ ब्रान्ड अन्तर्गत हालसम्म भारतमा ६० बढी स्टोर सञ्चालनमा छन् भने १२५ भन्दा बढी फ्रेन्चाइज बुक भइसकेका छन्।

नेपालमा यो ब्रान्डलाई व्यवसायी नरेश सारिया र रेखा सारियाले भित्र्याएका हुन्। कुपन्डोलस्थित पहिलो स्टोरको उद्घाटन मानसी अग्रवालले गरेकी हुन्। उद्घाटन कार्यक्रममा बोल्दै अग्रवालले शुद्ध शाकाहारी र अण्डा रहित केकहरूको अवधारणाले आफूलाई आकर्षित गरेको बताइन्। “हरेक सेलिब्रेशनमा बेन्टो केकलाई प्रयोग गरिन्छ भन्ने विश्वास लिएको छु,” उनले भनिन्।

बेन्टो केकरीको प्रमुख विशेषता भनेको सबै बेकरी आइटमहरू १००% शाकाहारी र अण्डारहित हुनुका साथै लाइभ किचन अनुभव र स्थानीय स्वाद अनुसारको मेनु हो। नेपालमा बढ्दो सस्तो, आधुनिक र शाकाहारी क्याफे संस्कृतिलाई ध्यानमा राख्दै कम्पनीले निकट भविष्यमा अन्य आउटलेटहरू खोल्ने तयारी पनि गरेको छ।

Leave A Reply

Your email address will not be published.