सुचना, समाचार र मनोरन्जन

लगनशील भरत, भन्छन् ‘लेखनाथमा औद्योगिक विकास गर्न मेरो उम्मेदवारी’

लेखनाथका सात तालको सम्बद्र्धन र त्यसको संरक्षण, पर्यटन विकासका लागि खोलिएका होटल रिर्सोटहरुको प्रवद्र्धन, होमस्टेको बजारीकरण गर्ने योजना सहित निर्वाचनमा उनी होमिएका छन् । साना व्यवसायीहरुलाई तालिम मार्फत सुसुचित गर्ने, आवश्यक तालिम उपलब्ध गराई व्यवसायिक प्रवद्र्धन गर्ने उनले बताए ।

सन्तोष बस्याल
पोखरा ।

भरत अधिकारी लेखनाथका सफल व्यवसायी हुन् । २०५१ सालमा सिसा र पलाइको सानो पसलबाट उनले व्यवसाय सुरुवात गरेका थिए । आज उनको व्यवसाय उद्योगमा परिणत भएको छ । कलेज पढ्दाताका देखि नै व्यवसाय सुरु गरेको भएर होला जागिर मोह उनमा भएन । आर्थिक उपार्जनका लागि उनले व्यवसाय नै रोजे भन्दा फरक नपर्ला । ग्रामीण परिवेशको किसान परिवारमा जन्मेका भरतले सरकारी विद्यालयबाट एसएलसी दिए । त्यसपछि अस्कर कलेजमा आइएसीसम्मको अध्ययन गरी पृथ्वीनारायण क्याम्पसबाट उनको स्नातकोत्तर पुरा भयो ।

निरन्तरको लगनशिलता र मेहनतले नै उनलाई व्यवसायमा सफलता दिलाएको छ । व्यवसायिक र सामाजिक क्रियाकलापमा भरतले आफ्नो छुट्टै पहिचान बनाएका छन् । व्यवसायिक अनुभवलाई साटासाट गर्न, लेखनाथका हर व्यवसायीका पीरमर्कामा साथ दिन आफ्नो उम्मेदवारी अध्यक्षका पदका लागि रहेको उनले बताए ।

‘आर्थिक मन्दीका कारण अहिले व्यवसाय क्षेत्र धरापमा छ । व्यवसायीहरु पलायन भएका छन् । व्यवसायिक क्षेत्रमा थुप्रै समस्याहरु छन् । जसलाई सम्बोधन गर्ने योजनाका साथ चुनावी मैदानमा होमिएको छु ।’, उनले भने । सबै व्यवसायीको मन र भावनालाई आत्मसात् गर्दै उनीहरुकै साथमा रहने प्रतिबद्धता भरतको छ ।

लेखनाथको विकासका लागि पर्यटन सबै भन्दा मुख्य विषय भएको भन्दै यसलाई बढ्वा दिने उद्देश्य आफ्नो भएको उनले बताए । उद्योग बिना उद्योग बाणिज्य संघ हुनुको अर्थ नभएको भनाई उनको छ । त्यसैले लेखनाथमा औद्योगिक विकास गर्न यसअघि अग्रजले चालेका कदमलाई अनुसरण गर्दै अगाडि बढ्ने लक्ष्य उनले लिएका छन् ।

लेखनाथका सात तालको सम्बद्र्धन र त्यसको संरक्षण, पर्यटन विकासका लागि खोलिएका होटल रिर्सोटहरुको प्रवद्र्धन, होमस्टेको बजारीकरण गर्ने योजना सहित निर्वाचनमा उनी होमिएका छन् । साना व्यवसायीहरुलाई तालिम मार्फत सुसुचित गर्ने, आवश्यक तालिम उपलब्ध गराई व्यवसायिक प्रवद्र्धन गर्ने उनले बताए ।

छरिएर साना युनिटमा रहेका व्यवसायहरुका १३ वटा बजारलाई व्यवस्थापन गर्दै व्यवसायिकमैत्री वातावरण बनाउन लाग्ने प्रण उनको छ । जसका लागि उद्योग बाणिज्य संघ बजारसँग भन्ने अवधारणा नै उनले बनाएका छन् ।

व्यवसायीका अफ्ठ्याराहरु साझा रुपमा ग्रहण गर्दै प्राप्त प्रतिक्रियालाई सम्बोधन हुने गरी नै लाग्ने उनले उल्लेख गरे ।

लेखनाथ उद्योग बाणिज्य संघको साख जोगाउँदै परिस्कृत गर्दै लैजाने उनले बताए । तीन तहको सरकारसँग समन्वय गर्दै व्यवसायी मात्र नभई समग्र लेखनाथबासीको आवश्यकतालाई परिपूर्ति गर्ने गरी नेतृत्वदायी भूमिका निभ्याउने प्रतिबद्धता उनले गरेका छन् । ‘महिला सँग उपमेयर भन्ने कार्यक्रममा पोखरा महानगरपालिकामा १० करोड भन्दा बढी बजेट छ । त्यसको लेखनाथ उद्योग बाणिज्य संघले अधिकत्तम उपयोग गर्न सक्छ । जसलाई भित्र्याउने जिम्मेबारी म आ¬फ्नो काँधमा लिन चाहन्छु ।’, उनले भने ।

महानगरले संचालन गरेको गण्डकी बहुप्राविधिक विद्यालय, पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय सँग समन्वय गरी लेखनाथको शैक्षिक विकासमा थुप्रै काम गर्न सकिने उनले बताए । जसका लागि भरतसँग योजना पनि छ । लेखनाथलाई प्रविधिसँग जोड्दै काम गर्ने प्रणका साथ आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए । लेखनाथका सम्पूर्ण व्यवसायीबाट उनले ठूलो आशा गरेका छन् । २०५४ साल असार २० गते स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघको १४ औं महाधिवेशन यही भाद्र २२ र २३ गते हुँदैछ ।

Leave A Reply

Your email address will not be published.