सुचना, समाचार र मनोरन्जन

किसानको सङ्ख्या बढ्यो, कृषि गर्ने जमिन घट्यो

काठमाडौँ/

नेपालमा कृषि गर्नेको सङ्ख्या बढ्दा कृषि गर्ने जमिन घटेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले  बिहीवार सार्वजनिक गरेको सातौँ कृषि गणना–२०७८ को तथ्याङ्कअनुसार कृषि गर्ने परिवार सङ्ख्या तीन लाखले बढेको छ ।

सार्वजनिक तथ्याङ्कअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ सालमा यस्तो परिवार सङ्ख्या ३८ लाख ३१ हजार थियो । त्यस्तै नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा तीन लाख आठ हजार हेक्टरले कम हो ।

२०६८ को कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेती गरिएको थियो । नेपालमा १० वर्षको अवधिमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार आठ सय ५७ बाट बढेर ३४ लाख पाँच हजार १४ पुगेका छन् ।

Leave A Reply

Your email address will not be published.