सुचना, समाचार र मनोरन्जन

रातो मच्छिन्द्रनाथको भोटोजात्राको साइत जेठ १८ गते जुर्यो

काठमाडौँ,

यसवर्ष रातो मच्छिन्द्रनाथको भोटोजात्रा आउँदो १८ गते हुनेभएको छ । बिहान ललितपुरको मङ्गलबजारमा बसेको ज्योतिषी सभाले जेठ १८ गते भोटोजात्राको साइत निकालेको हो ।

त्यसअघि १५ गते रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलतर्फ तानिनेछ । रथ तानेर जावलाखेल पुर्याएको चौथो दिनमा भोटोजात्रा मनाउने चलन छ ।

भोटोजात्राको दिन काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा हुने गर्छ । रथलाई पाटनबाट पश्चिम दिशातर्फको बुङ्गमती लैजाने भएकाले यसलाई पश्चिगमन यात्रा पनि भनिन्छ । जावलाखेलमा भोटोजात्रापछि मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्गमति फिर्ता लगिन्छ ।

Leave A Reply

Your email address will not be published.