सुचना, समाचार र मनोरन्जन

बोर्ड अध्यक्ष केसीले भने,‘नेपाली सिनेमा नरहे हामी कहाँ रहौँला ?’

हेटौडा :

हेटौंडामा प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला २०८० सुरु भएको छ। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा शनिबारदेखि मंगलबारसम्म चल्ने राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाको आइतबार औपचारिक उद्घाटन गर्दै औपचारिक रुपमा सुरु गरेको हो।

कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी लगायतका व्यक्तिहरुद्वारा हेटौंडाको पल्पसा प्याराडाइज होममा दियो बालेर राष्ट्रिय भेलाको औपचारिक उद्घाटन गरेका हुन्।

कार्यक्रमको विशिस्ट अतिथि रहेका भुवनले नेपाली सिनेमाको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले उद्घाटन समारोहको मन्तव्यका क्रममा नेपाली सिनेमा नरहेको खण्डमा आफु पनि कलाकार नहरने चिन्ता व्यक्त गरे।

उनले भने,‘नेपाली सिनेमा नरहे हामी कहाँ रहौँला ? नेपाली सिनेमा नरहे म कलाकार कहाँ रहुँला ? हाम्रो सिनेमा जगत कहाँ रहला ?’ बोर्डका अध्यक्ष हुँदादेखि उनले आफुले चलचित्र ऐनको लागु गराउन लागि परेको बताइरहेका भुवनले आज पनि सोही कुरा दोहो¥याए।

नेपाली फिल्मल क्षेत्र झन् झन् बिग्रदो अवस्थामा रहेको बताउँदै भुवनले चिन्ता व्यक्त गरे । फिल्म क्षेत्रले फस्टाउँदो गति नलिनुको कारण ‘सिनेमा ऐन’को अभाव रहेको बताए। हाल नेपाल सरकारसँग ‘सिनेमा ऐन’ लागु गर्ने प्रक्रियामा रहेको पनि उनको भनाई थियो। आफुले फिल्ममा प्रवेश गरेको लामो समयसम्म चलचित्र पत्रकार हातका औलामा गनिदो रहेकोमा अहिले निकै बढेकोमा खुशी व्यक्त गरे।
उद्घाटन समारोहमा २ सय हाराहारी पत्रकारको उपस्थिती देखेपछि भुनले फिल्म क्षेत्रमा कलम चलाउने पत्रकारहरुको ठुलो संख्या देख्दा परिवार ठुलो भएको महशुस गरेको बताए।

फोटो : सुरेन्द्र थापा

Leave A Reply

Your email address will not be published.