सुचना, समाचार र मनोरन्जन

प्रचण्डको आलोचक नेकपाका महासचिव नेत्रविक्रमलाई समाजवादी मोर्चाको संयोजकको जिम्मा

काठमाडौं :

सरकारको आलोचना गरेर नथाक्ने नेकपाका महासचिवलाई प्रधानमन्त्री पुष्पकमल दाहालले ‘थर्ड पोल’का रूपमा अघि सारेका छन्।समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सी चयन भएका हुन्।

यसमा आलोपालो नेतृत्वको प्रावधान राखिएको थियो । सोही अनुसार माधव नेपालले छाडेर विप्लवलाई संयोजक बनाइएको हो । मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको जानकारी दिए। उनले देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रमको समेत आयोजना गरिने बताए ।

Leave A Reply

Your email address will not be published.