सुचना, समाचार र मनोरन्जन

टल्कने ढुङ्गा अर्थात् ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमा राख्ने निर्णय

गोरखा :

टल्कने ढुङ्गा अर्थात् ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको छ। गत असारमा गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको भएको सो टल्कने ढुङ्गालाई दरबारमा राख्ने निर्णय भएको हो।

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा आजको सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ‘क्वार्ज क्रिष्टल’लाई अब ऐतिहासिक गोरखा दरबार परिसरमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्। पुरातात्त्विक, ऐतिहासिक महत्त्व रहेको भनिएको बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ बिक्री गर्न लागेको आशङ्कामा गोरखा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave A Reply

Your email address will not be published.