सुचना, समाचार र मनोरन्जन

अनियन्त्रित भई सडक छेउमा जीप पल्टिँदा एकजनाको मृत्यु ७ जना घाइते

तनहुँ :

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप गए राति अनियन्त्रित भई सडक छेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरुमध्ये ६ जना चितवनका र एक जनाको गोरखामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते हुनेहरु चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ रहेका छन् । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.