सुचना, समाचार र मनोरन्जन

फागुन २४ देखि २६ सम्म चिप्ली महाशिवरात्री मेला हुने

पोखरा ।

फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्री मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका ६ चिप्लीको आयोजनामा हुने उक्त मेला क्लबको खेल मैदानमा हुने भएको हो ।

मेलाको अवसरमा विविध खेलकुद एवम् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ३६ वर्ष अघि स्थापना भएको क्लबको वार्षिक उत्सवको अवसरमा मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी गराए ।

‘चिप्ली महाशिवरात्री मेला क्लबको वार्षिकत्सवको अवसरमा आयोजना गरिएको हो’, उनले भने,‘कार्यक्रममा भलिबल, छेलो, रस्सी तान्ने र घैटो फुटाई जस्ता खेलकुद कार्यक्रम सहित विविध सांस्कृतिक कार्यक्रम गरिनेछ ।’

चिप्लीको विकासमा उक्त कार्यक्रम मार्फत टेवा पुग्ने विश्वास आयोजक संस्थाको छ । स्थानीय उत्पादनको प्रवद्र्धन सँगै खेलकुदका माध्यम पर्यटन प्रवद्र्धनमा चिप्लीलाई माथि उठाउन मेला साहयक सिद्ध हुने उनले उल्लेख गरे । मेलाकै समयमा मादी गाउँपालिकाको सहयोगमा सिद्ध युवा क्लबले निर्माण गरेको स्टेज समेत उदघाटन गरिने क्लबका पूर्वअध्यक्ष विशाल गुरुङले जानकारी गराए । मेलाको उदघाटन मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्ने उनले बताए ।

मेलाको समयमा आयोजना गरिएको भलिबल प्रतियोगिता साबिक गाउँस्तरिय हुनेछ । जसमा २० टीमको सहभागिता रहने आयोजकको अपेक्षा छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितिय हुनेले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताए ।

छेलो प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद सहित फेता र प्रमाणपत्र प्राप्त गर्नेछन् । रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेले क्रमश : १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । घैटो फुटाई प्रतियोगिता महिलाको मात्र हुनेछ जसमा प्रथम हुनेलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

भलिबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिर निस्केको दुई टीमलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । फागुन २५ गते बेलुका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम रहने अध्यक्ष गुरुङले जानकारी गराए ।

 

Leave A Reply

Your email address will not be published.