सुचना, समाचार र मनोरन्जन

‘दिमाग खराब’ ले हलमा मलायो सय दिन,निर्देशक बस्नेतले दिए सबैलाई धन्यवाद

काठमाडौं :

लामो समयको अन्तरालमा निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले हलमा लागेको सय दिन पुगेको छ। राजधानीको रञ्जना हलमा फिल्मले शनिबार प्रदर्शनको सय दिन पुरा गरेको हो।

गत कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेप्लेक्समा सय दिन पुगेको अवसरमा निर्देशक बस्नेत र उनका टिमले दर्शकलाई धन्यवाद दिएका छन् । फिल्मले सय दिन मनाउँदा १० करोड हाराहारीमा कमाइ गरेको निर्माण पक्षको भनाई छ । बस्नेतले यो फिल्मको दोस्रो श्रृंखला बन्न सक्नेतर्फ संकेत गरेका छन् ।

यतिबेला उनी होमप्रोडक्सनको नयाँ फिल्म ‘बेहुली फ्रम मेघौली’मा व्यस्त हुँदैछन्।
‘टाइगर ३’ खासै नचल्दा ‘दिमाग खराब’ले भने बलियो वर्ड अफ माउथको मद्दतमा राम्रो कमाइ गरेकोथियो। यो फिल्म २०८० सालमा १०० दिन मनाउने दोस्रो फिल्म हो भने यस अघि बैशाख १ गते रिलिज भएको ‘जारी’ पहिलो बनेको थियो।

Leave A Reply

Your email address will not be published.