सुचना, समाचार र मनोरन्जन

मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै थाइल्याण्ड उडिन् विधि

काठमाडौँ :

नेपालका विभिन्न प्रतियोगीहरु विदेशमा हुने कार्यक्रममा सहभागी बाक्लै हुन थालेका छन्। सोही क्रममा नेपालको प्रतिनिधित्व गर्दै विधि लम्साल कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने लागेको ‘मिस ग्लोबल २०२५’मा सहभागी हुन प्रस्थान गरेकी छन्।

Pach Pandav

‘मिस नेपाल पिस–२०२४’की बिधि कार्यक्रममा सहभागीताका लागि कम्बोडिया सोमबार साँझ पुगेकी हुन्। उनलाई प्रतियोगीतामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले विदाई गरेका थिए।

२४ फेब्रुअरीदेखि ९ मार्चसम्म १५ दिन कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने प्रतियोगीतामा उनी नेपालको एक्लो प्रतिनिधि हुन्। दुई दर्जन बढी देशका नर्सिङ सुन्दरीहरु सहभागी हुने प्रतियोगीतामा उनले नेपालको कलासंस्कृति समेत प्रस्तुत गर्नेछिन्। काभ्रेपलान्चोककी नर्स विधि लम्सालले केही अगाडि २३ नर्सिङ सुन्दरीलाईपछि पार्दै ‘मिस नेपाल पिस’को उपाधि हात पारेकी थिइन्। लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन्।

Leave A Reply

Your email address will not be published.