सुुनिता शर्मा/ पोखरा,
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रबाट सेवा लिने ग्रहाक एक लाखभन्दा बढि पुगेका छन । पोखरा वितरण केन्द्रले महानगरपालिका १ देखि २५ वडामा पूर्ण ३३ नम्वर वडामा आंशिक र मादी गाउँपालिकाको ६ र ७ वडामा सेवा प्रदान गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रादेशिक प्रमुख बिक्रम कुमार अमात्यले विभिन्न चुनौतिहरका विच पोखरा वितरण केन्द्रले विभिन्न चुनौतिहरुका बावजुद एकलाख भन्दा बढि ग्रहाकहरुमा सेवा विस्तार गर्न सफल भएकोमा शुभकामना व्यक्त गरे। अमात्यले प्रदेशभरिकै विद्युत सेवा सहज होस भनेर आफुहरु अनवरत रुपमा लागेको बताए । वर्षाको समय भएकाले हावाहुरीले विद्युत अवरुद्ध हुन सक्ने तर लोडसेडिङको समस्या नरहेको उनले जिकिर गरे ।
पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले विद्युत सेवा विस्तारको लागि तार अन्डरग्रान्डिङ, पोल विस्तार लगायतका काम भैरहेको बताए । कामको परिणाम देखाउनको लागि आवस्यक बजेटको अभाव रहेकोले स्थानीय तह, प्रदेश र संघबाट थप सहयोग आवस्यक रहेको बताएका छन ।
पोखराका जुनसुकै ठाउँमा विद्युत प्रवाहमा समस्या आएमा कल सेन्टर ११५० मा सम्पर्क गरेर जानकारी गराउन समेत सकिनेछ ।