सुचना, समाचार र मनोरन्जन

‘राम नाम सत्यमा’ दिव्यापछि सुपुष्पा भट्टको इन्ट्री

काठमाडौं :

फिल्म ‘राम नाम सत्य’मा अभिनेत्रीका रुपमा सुपुष्पा भट्ट फाइनल भएकी छन्। उनलाई निर्माण पक्षले बुधबार कागजी सम्झौता गरेको हो।उनी यो फिल्मका लागि एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएको निर्माणपक्षले जानकारी दिएको छ।

अभिनेत्री माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको यो फिल्ममा सुपुष्पाले आफ्नो भूमिका चित्तबुझ्दो रहेपछि फिल्म साइन गरेको बताइन्। यसअघि यो फिल्मका लागि अभिनेत्री दिव्या रायमाझी पनि अनुबन्धित भइसकेकी छन्। सुपुष्पा र दिव्याले प्रदर्शनरत फिल्म ‘पिताम्बर’मासँगै अभिनय गरेका थिए।

फिल्ममा अब सुपुष्पा र दिव्यासँगै विराज भट्ट, सुशील श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन्। भदौबाट छायांकनमा जाने तयारी भइरहेको यो फिल्म एक्सन, लभ र सस्पेन्स कथामा बन्ने निर्माण पक्षको दाबी छ। सुसन प्रजापतिले खिच्ने यो फिल्ममा बाँकी कलाकार केहि दिनमा फाइनल हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.