पोखरा : प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीहरूलाई दिउँसो करीब ३ बजे सकुशल उद्धार गरेको हो।
उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षिय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाइलट ३० वर्षिय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङ्गका पाइलट २८ वर्षीय विश्वास अधिकारी छन्।