सुुनिता शर्मा/ पोखरा,
जिल्ला प्रहरी कार्यलय कास्कीको हाताभित्र निर्माण सम्पन्न भएको दुईतले भवनको उद्धघाटन सहित हस्तान्तरण गरिएको छ । बुधबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी ना.महानिरिक्षक दिनेश कुमार आचार्यको प्रमुख आतिथ्यता तथा पोखरा ४ का निबर्तमान वडा अध्यक्ष तथा भवन निमार्ण समितिका संयोजक शंकर बास्तोलाको अध्यक्षतामा भवन हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्नुहुदैँ महानिरीक्षक आचार्यले समुदायलाई प्रहरी चाहिने र प्रहरी समाजले नै बनाएको जनताको पहरेदार भएको उल्लेख गरे । बस्ती बसेको ठाउँमा प्रहरी बस्ने भएपनी पोखरा हरेक दृष्टिकोणले महत्त्वपूर्ण शहर भएकाले यस्ता ठाहरुमा प्रहरी र समुदायको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
पोखरा पर्यटकीय नगरी पनि भएको बताउँदै यहाँको शान्ति सुरक्षा संवेदनशील भएको प्रहरी नायव महानिरिक्षक ओम बहादुर रानाले बताए। आफु कार्यकालमा रहदा सिफारिस भएको भवन निर्माण हुदा आफुलाई हर्ष लागेको बताउँदै आवस्यक पुर्वाधार बिकासमा जुट्नुपर्नेमा जोड दिए । निर्माण समितिका संयोजक शंकर बास्तोलाले निमार्णको क्रममा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । भवन निर्मामा समुदाय र निमार्ण व्यवसायीहरुको पनि सहयोग रहेकोले यसमाा सम्पूर्णको अपनत्व हुनुका साथै समुदाय संगको सम्बन्ध थप मजभुत हुने धारणा राखे ।

सो अवसरमा भवन निमार्णमा सहयोग पुर्याउने सबैजनालाई सम्मान समेत गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक श्यामबावु ओलियाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रहरी निरिक्षक शोभा पाण्डेले गरेकी थिईन ।

