सुचना, समाचार र मनोरन्जन

‘ह्रस्व दीर्घ’को तेस्रो पोस्टरमा भावुक विपना,क्रोध प्रदीप

काठमाडौं :

चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को तेस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले हालै फिल्मको प्रचारप्रसार स्वरुप तेस्रो पोस्टर सार्वजनिक गरेको हो।

Chaka Panja

पोस्टरमा अभिनेत्री विपिना थापा र साउथ अभिनेता प्रदीप रावत प्रस्तुतलाई अटाइएको छ। नेपाली र तेलुगू भाषामा निर्माण गरिएको फिल्मको पोस्टरमा अभिनेत्री विपना भावुक मुद्रामा प्रस्तुत भएकी छन् भने प्रदीप चन्दन र रुद्राक्ष माला लगाएर पण्डितको भेषमा देखिन्छन्। उनको आँखा रिसले क्रोध भएको देख्न सकिन्छ।

फिल्मलाई अभिनेत्री नीता ढुङ्गानाले लगानी गरेकी हुन् भने फिल्मको लेखन हरिहर अधिकारीको छ। भारत र नेपालका विभिन्न स्थानमा छायाँकन भएको फिल्मलाई कवीरलालले खिचेका हुन्।

फिल्ममा विपनासहित नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, प्रशान्त ताम्राकार आदिको अभिनय रहेको छ भने साउथबाट प्रदीपसहित ब्रम्हानन्दम, अली र कबीर दुहान सिंह छन्। आगामी असोज ११ गते रिलिज मिति तोकिएको यस फिल्मलाई नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.