सुचना, समाचार र मनोरन्जन

‘बलिदान’को सुटिङ ढिलाई भएपछि ‘१२ गाउँ’थाले समिरले

काठमाडौं :

विराट भट्टले आफ्नै छोरा समिरलाई लिएर फिल्म ‘१२ गाउँ’को छायांकन थालेका छन्। उनले सोमबारबाट फिल्मको सुरु गरेका हुन्। ‘एक्सन स्टार’का रुपमा परिचित विराज भट्टका छोरा समीरले यसअघि फिल्म ‘बलिदान’बाट डेब्यु गर्ने हल्ला चलेको थियो। यताका निर्माण टिमले फिल्मको छायांकन नगर्दा उनले बुबाको फिल्म ‘१२ गाउँ’को सुटिङ गरेका हुन्।

सोमबार ललितपुरस्थित हात्तीबनमा फिल्मको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको निर्माण पक्षले जानकारी दिएको छ । यसै फिल्मबाट अभिनेत्रीमा डेब्यु गरेकी सनिशा भट्टराईले फिल्मको सुटिङ सुरु भएको जानकारी दिएकी हुन्। आजै फिल्मका लागि पहिलो दृश्य समीरको खिचिएको छ ।

Chaka Panja

विराज स्वयंको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा उनको पनि प्रमुख भूमिका रहनेछ। विराज,समिरका अलवा सनिशा भट्टराई र न्यान्सी खड्का,मुरलीधर, कालु राना, सन्तोष सरकार, शुलेमान शंकर ‘इकु’ लगायत पनि कलाकारमा छन्।

निर्माण पक्षका अनुसार फिल्मको सुटिङ,ललितपुर,काठमाडौंका अलवा विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ। महेश पौडेल छायाँकार रहेको यस फिल्मलाई भारतबाट द्वन्द्व निर्देशकले फाइटको सिन गर्नेछन्। एक्सन–थ्रिलर कथामा बन्न लागेको फिल्मका लागि विराजको यस फिल्मका लागि उनी केहि दिनमा नेपाल आउदैछन्। समाचार स्रोतका अनुसार ति द्धन्द्ध निर्देशकले  कयैन् तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरिसकेक ाछन्। उनले यस फिल्ममा पनि द्वन्द्व निर्देशनसँगै विशेष भूमिकामा अभिनय गर्दैछन्।

Leave A Reply

Your email address will not be published.