सुचना, समाचार र मनोरन्जन

रोमान्टिक हिरोबाट ‘पुजार सार्की’बाट फरक भुमिका गर्दै प्रदीप खड्का

काठमाडौं :

‘लभर ब्वाय’ र ‘रोमान्टिक हिरो’को बनेका अभिनेता प्रदीप खड्काले फकर भुमिकामा अभिनय गर्न रुचाउँछन्। थुप्रै फिल्ममा ‘लभर ब्वाय’ र ‘रोमान्टिक हिरो’को छवि बनाएका उनले पछिल्लो फिल्म ‘पुजार सार्की’मा फरक भुमिका निवार्ह गरेका छन्।

यही बिहीबार, जेठ १० गते रिलिज हुने ‘पुजार सार्की’ फिल्ममा उनी ‘मैतबहादुर’ बनेका छन्। फिल्ममा उनी समाजको त्यो पात्र हो जसले अन्तर्जातीय प्रेम गरेको छ। उसले आफ्नो प्रेम प्राप्तिको लागि जे पनि गर्न तयार छ। मैतबहादुरको वास्तविकता के हो र उसको प्रेमप्राप्तको सङ्घर्ष कस्तो छ? यो भने ट्रेलर र गीतबाट अझै खुलिसकेको छैन। फिल्मको रिलिज मिति नजिकिँदै गर्दा प्रदीपले फरक चरित्र रोज्नुको कारण बारे प्रष्ट पार्दै आएका छन्।

उनले भने,‘म कुन चेतना स्तरको कलाकार हो भन्ने कुराले अर्थ राख्ला। जुन समयमा मैले सुरु गर्दै गएँ, त्यो बेला म शून्य थिएँ। मलाई ‘गाइड’ गर्ने कोही थिएन। ‘गाइड’ गर्ने शिक्षक अथवा गुरु भइदिएको भए राम्रो र नराम्रो छुट्टाउँथे होला। मलाई जे आयो त्यही गर्दै गएँ। त्यो बेला मलाई ‘कन्टेन्ट बेस’को अप्रोच नै आएन।’

उनले थपे,‘बरु प्रकाशमा मलाई निर्देशक दिनेश राउतले प्रस्ताव नगर्नुभएको भए अझै १० वर्ष गर्दिनँ थिएँ, किनकि मलाई यस्तो फिल्म गर्नुपर्छ भन्ने चेत नै थिएन। मैले चरित्रलाई फरक गर्न सकिनँ भन्ने आलोचना खेपिरहेको थिएँ। ‘प्रकाश’को प्रस्ताव आयो, त्यो प्रस्तावलाई मैले पुरा गर्नुपर्छ भन्ने चेत आयो। अनि मैले ‘प्रकाश’ गरेँ।’

यस फिल्ममा प्रदीपको पात्र ‘मैतबहादुर’को पेसा बाजा बजाउने छ, जो दलित समुदायबाट प्रतिनिधित्व गर्छ। प्रदीपले आफ्नो पात्रले नेपाली समाजलाई चलचित्रहरूमा देखाइने गरेको ‘स्टेरियोटाइप’बाट बाहिर निस्कन सजग गराउने विश्वास गर्छन्। फिल्ममा ‘पुजार सार्की’ले मुख्यतया जातीय विभेदविरुद्धको कथा बोल्छ। प्रदीप आफैँ दलित पात्र बनेर अभिनय गरिरहँदा भविष्यमा अवरोध पो आउने हो कि भन्ने कुरामा उनी पहिले नै प्रस्ट थिए।

यस फिल्ममा प्रदीपको ‘अपोजिट’मा परीक्षा लिम्बुको अभिनय छ। उनी मगर समुदायको प्रतिनिधित्व गर्छिन्। दिनेश राउतको निर्देशन, बिकास सुवेदीको लेखन र सुवास भुसालको निर्माणमा बनेको यस फिल्ममा आर्यन सिग्देल, पल शाह, अञ्जना बराइली लगायतको पनि प्रमुख भूमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.