काठमाडौँ/
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जुम्लामा स्याउ रोपन कार्यक्रमको उद्घाटन गरेका छन् । नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका ७ धौलापानीमा करिब १४ हजार वर्गमिटर जमिनमा ३५ सय बिरुवाको स्याउ रोपेर उद्घाटन गरिएको हो ।
स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने विप्लवको तर्क थियो । उनले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषि क्रान्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको समेत बताए ।