सुचना, समाचार र मनोरन्जन

विरौटामा एडुब्रिज कन्सल्टेन्सीको नयाँ शाखा

पोखरा :

एडुब्रिज कन्सल्टेन्सीले स्थापनाको २५ औं वर्षको अवसर पारेर पोखरा महानगरपालिका–१७ विरौटामा नयाँ शाखा सुरु गरेको छ । एडुब्रिजले पोखराको विरौटामा आठौं शाखा सञ्चालन ल्याएको हो।

शाखाको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गर्ने शाखाका प्रवन्धक निर्देशक किसान सुनारले जानकारी दिए।

‘काठमाडौं लगायत देशको विभिन्न जिल्लामा शाखा रहेको एडुब्रिज कन्सल्टेन्सीले पोखरा विरौटामा शाखा सञ्चालनमा आएको छ, सुनारले भने,‘आइतबार औपचारिक रुपमा शाखाको उद्घाटन गर्दै विदेशमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलार्य परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला समेत आयोजना गरेका छौं ।’

उनले विद्यार्थीहरुलाई शैक्षिक पृष्ठभूमि, रुचि र करियरको आकाक्षाका आधारमा उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहयोग पु¥याउने बताए ।
एडुब्रिज कन्ल्टेन्सीले अस्टेलिया, युके, जापान र युरोपमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीसँगै अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई नेपालको विभिन्न क्षेत्रमा अध्यापनमा ल्याउन सजकिरण गर्ने छ।

कन्ल्टेन्सीले विभिन्न देशका अस्टेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा गण्डकी प्रदेशको यस कार्यालयले सहजिकरण गर्नेछ ।

Leave A Reply

Your email address will not be published.