सुचना, समाचार र मनोरन्जन

स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियोको प्रथम वार्षिक उत्सव सम्पन्न

काठमाडौँ :

किर्तीपुर–मच्छेगाउँस्थित ‘स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियो’ले आफ्नो प्रथम वार्षिक उत्सव शनिबार विविध गतिविधिसहित सम्पन्न गरेको छ।

स्टुडियोकी संस्थापक सरिता पोखरेलको सभापतित्वमा भएको समारोहमा चन्द्रागिरी नगरपालिका–९ का वडा अध्यक्ष अच्युत अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा चन्द्रागिरी कलाकार संघका अध्यक्ष अञ्चन मगर, कोरियन भाषा प्रशिक्षक रामचन्द्र लामिछानेसहितका अतिथिको उपस्थिति थियो।

समारोहमा सञ्चालक समिति सदस्य मञ्जु थापाले स्टुडियो स्थापना उद्देश्यबारे जानकारी दिँदै स्वागत मन्तव्य राखिन्। तामाङ सेलो गीतमा सेजल शर्माले प्रस्तुत गरेको स्वागत नृत्यपछि प्रमुख तथा विशेष अतिथिहरूले केक काटेर स्टुडियोलाई शुभकामना दिए।

कार्यक्रममा जनचाहना सुपथ मूल्य सहकारीका संस्थापक निर्देशक दीपक बिडारी, न्यु होराइजन बोर्डिङ स्कुलका प्रिन्सिपल बुद्ध महर्जन र भ्याली इन्स्टिच्युटका प्रशिक्षक लामिछानेले स्टुडियोले स्थानीय बासिन्दालाई नृत्य तथा जुम्बा प्रशिक्षणमार्फत स्वास्थ्य तथा शारीरिक सक्रियतामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै बधाई दिए।

गायक निराजन विष्टले प्रस्तुत गरेको गीतले कार्यक्रमलाई झनै मनोरञ्जक बनाएको थियो।  प्रमुख अतिथि अधिकारीले नियमित व्यायामले स्वस्थ र दीर्घ जीवनमा मद्दत पुर्‍याउने उल्लेख गर्दै स्टुडियोले कला सिकाउने मात्र नभई धेरैलाई स्वास्थ्य लाभ दिलाएको बताए। उनले स्टुडियोको निरन्तर सफलताको शुभकामना व्यक्त गरे।

स्टुडियोका प्रशिक्षक तथा सञ्चालक बिनोद थापाले एक वर्षभित्र स्टुडियोले गरेको प्रगति, नियमित कक्षा सञ्चालन र बिहान–दिउँसो–बेलुका जुम्बा तथा नृत्य प्रशिक्षण उपलब्ध गराइआएको जानकारी दिएका थिए।

Leave A Reply

Your email address will not be published.