सुचना, समाचार र मनोरन्जन

‘रमिता को पिरति’को अफिसियल टिजर सार्वजनिक

काठमाडौं :

नेपाली फिल्म ‘रमिता को पिरति’को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा अभिनेत्री अन्ना शर्मा, अभिनेता धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्। लोकप्रिय गायक समिर श्रेष्ठ यसै फिल्ममार्फत अभिनय यात्रामा डेब्यु गर्दै प्रमुख भूमिकामा प्रस्तुत भएका छन्।

टिजरमा अन्ना शर्माका प्रेम, उत्साह, पीडा, भ्रम र हृदयवेदनासम्मका भावनात्मक अवस्थाहरू चित्रण गरिएको छ, जसले फिल्म एक युवतीको गहिरो कथा र मनोविज्ञानमा केन्द्रित रहेको संकेत गर्छ। टिजरले कथावाचन शैली र प्रस्तुति दुवैका कारण फिल्म फरक स्वादको हुने अनुमान गराएको छ। सेरो फिल्म्सको प्रस्तुतिमा फिल्म निर्माण गरिएको हो।

फिल्ममा महिला पात्रको आन्तरिक संसारलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। विशेष रूपमा फिल्मको लेखन तथा निर्देशन महिला निर्देशक सुदीप्ताले सम्भालेकी छन्।

सागर लम्साल निर्मातामा रहेको ‘रमिता को पिरति’ आगामी भ्यालेन्टाइन डेको अवसर पारेर २०२६ माघ २३ गते रिलिज हुने तय भएको छ। फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्। अफिसियल टिजर बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.