काठमाडौं :
हास्यकलाकारहरुको जम्बो टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ। बुधबार (भोली)बाट रिलिज हुने यो फिल्मको बुकिङ खुला भएको हो।

यो फिल्मको खुलाभएसँगै देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ। क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ। विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन्। आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ। हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको यो फिल्ममा मुख्य भूमिकामा सिताराम कट्टेल ९धुर्मुस०छन्। सितारामका अलवा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ। फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन्।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन्। योसँगै मायावी र फेरि रेशम फिलिलीको पनि बुकिङ खुलेको छ।