काठमाडौं :
यस साताको सिनेपाः बक्सअफिस विवरण सार्वजनिक भएको छ। सार्वजनिक तथ्यांकअनुसार ब्लकबस्टर फिल्म ‘परान’ ले सर्वाधिक कमाइ गर्दै बक्सअफिसमा आफ्नो दबदबा कायम राखेको छ।
फिल्म ‘परान’ ले हालसम्म १७ करोड ६७ लाख ३६ हजार ८२८ रुपैयाँ ग्रस कमाइ गरेको छ। सोही अवधिमा यस फिल्मका ६ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएका छन्।
यसैगरी, फिल्म ‘हर्ष’ ले २८ लाख ७८ हजार ८३६ रुपैयाँ ग्रस कमाइ गरेको छ भने ८ हजार ८६८ टिकट बिक्री भएका छन्। फिल्म ‘अभिमन्यु’ ले २१ लाख ५० हजार ४०२ रुपैयाँ ग्रस कमाउँदै ६ हजार ८६१ टिकट बिक्री गरेको छ।
फिल्म ‘पीआर’ ले ६ लाख ७५ हजार ३३ रुपैयाँ ग्रस कमाइ गरेको छ। यसका २ हजार १४१ टिकट बिक्री भएका छन्। त्यस्तै, ‘लोकन्ती’ ले ४ लाख १२ हजार ५४० रुपैयाँ ग्रस कमाउँदै १ हजार ४२१ टिकट बिक्री गरेको तथ्यांक छ।
यसैबीच, प्रदर्शनको नौ दिनसम्म फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कमाइ गरेको छ। यो फिल्मका १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन्।