सुचना, समाचार र मनोरन्जन

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ‘चेली’ सार्वजनिक (भिडियो)

काठमाडौं :

सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ।

Chaka Panja

नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी ‘चेली’लाइ गरिबीको कारण समयमै उपचार गर्न नसक्दा गुमाउदाको सत्य घटनाको पीडालाई भिडियोमा देखाइएको छ। कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको ‘चेली’मा टिकाराम घले,माया गुरुङ, सुनिता गाहा लगायत करिब १ दर्जन कलाकार हरुको अभिनय रहेको छ।

सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोज़ाको स्टोरी, सुबास शाहको सम्पादन,रबिन बिकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेकोम छ। म्युजिकल स्टोरी फिल्मलाइ एम सिरिज ग्लोबलले निर्माण गरेको हो यस अघि पनि उक्त कम्पनीले निर्माण गरेका धेरै गीतलाई दर्शकको अत्याधिक रोजाइमा परेका छन्।

Leave A Reply

Your email address will not be published.