सुचना, समाचार र मनोरन्जन

भव्यताका साथ युएईमा सम्पन्न छैठ्ठौ ज्योति फिल्मस म्युजिक अवार्ड

काठमाडौं :

रोयल मुभिज प्रालि र राष्ट्रिय संगीतकर्मी संघ युएईको सहकार्यमा ‘छैठौ ज्योती फिल्मस म्युजिक अवार्ड २०८१’ रक नमस्ते रेस्ट्रो युएईको बर दुबाईमा भब्यताका साथ सम्पन्न भएको छ।

Chaka Panja

राष्ट्रिय संगीतकर्मी संघ युएईका अध्यक्ष प्रकाश पुरीको सभापतित्वमा ९फेब्रुरी २०२५ मा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि यूएईको लागि पर्यटन प्रवद्र्धक नेपाल सरकारका मनोज नेपाल, कार्यक्रम संयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठ लगायत अन्य बिशिष्ट अतिथिहरुबाट कलाकर्मी तथा श्रष्टाहरुलाई संयुक्त रुपमा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा सर्वोत्कृष्ट अवार्ड पाउन सफल कलाकर्मी, श्रष्टाहरुमा लोकदोहोरी गायीका सोनी कुवर, काठेगीत गायक दिनेश श्रेष्ठ, लोकदोहोरी भिडियो छायाँकार चक्र बहादुर बराल, लोकगीत शब्द सोनी भण्डारी,बाल कलाकार श्रीरीयसी गुरुङ, मौलीक कौडागीत गायीका सारीता थापा मगर, काँठेगीत शब्द गोकुल ढकाल, काँठेगीत गायिका ‘जुरी’रीता लामा, आधुनिक मोडेल ‘जुरी’ सुजता पाण्डे, लोकदोहोरी मोडल अफ दि यर करिश्मा ढकाल, म्युजिकल फिल्म यस कुमार, इन्करेजमेन्ट अवार्ड सविता भुषाल रहेका छन्।

त्यसै गरी सम्मान तर्फ गायिका सङ्गम लामिछाने, समाजसेवी मदन बि.क. र कमल ज्ञावली, शंखर क्षेत्री ‘जुरी’, सबिना काकी ‘जुरी’, हेमराज कटुवाल, अशोक कुमार सापकोटा, निरा तामाङ, टिका दाहाल, पुण्य लुईटेल पुजन, चित्र गुरुङ, समीर आचार्य, बिष्णु प्रसाद पौडेल, राम लामा, सुनिल श्रेष्ठ, पुर्णिमा घिसिङ लगायतका कलाकर्मी तथा समाजसेविहरुलाई सम्मान गरिएको कार्यक्रमको व्यवस्थापन कल्पना केसीले सम्हालेकी थिईन ।

Leave A Reply

Your email address will not be published.