सुचना, समाचार र मनोरन्जन

एकता पौडेल निर्देशित ‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

काठमाडौं :

अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’मा जोेडी बाँधिने भएको छ। निर्देशक एकता पौडेलले दुवैलाई फिल्ममा अनुबन्ध गर्दै जोडी बाँधेका हुन्। निर्देशक पौडेलको यो डेब्यु फिल्म हुनेछ।

Chaka Panja

ई प्राइम मुभिजको ब्यानरमा बन्ने यो फिल्मका लागि अहिले प्रमुख कलाकारका रुपमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन्। उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ।

प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले फिल्मलाई निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन)रहेका छन्। आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन्। आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन्। यसका अलावा उनले केही छोटा सिनेमाहरु बनाएकी छन्। अभिनेत्री आँचल शर्मा अभिनित पछिल्लो फिल्म ‘दुखी आत्मा’प्रदर्शनको तयारीमा रहेको छ।

Leave A Reply

Your email address will not be published.