सुचना, समाचार र मनोरन्जन

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को टिजरमा ग्रामीण परिवेशको कथा

काठमाडौं :

सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ। यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन्। फिल्मकी मुख्य कलाकार लक्ष्मी गिरीले बाचन गरेको कविताको अंशबाट सुरु हुने टिजरमा प्रस्तुत गरिएको छ।

यस टिजरमा दुई पात्र लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ। ग्रामीण परिवेशको कथा उठाउन खोजिएको यो फिल्ममा एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक टिजरबाट बुझिन्छ

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्म आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ।

पारिवारिक कथामा निर्माण भएको फिल्ममा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ। सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो।

यो फिल्मको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ। निमासिनेमाको प्रदर्शन मिति चाँडै घोषणा गर्ने तयारी भैरहेको निर्देशक सिंहले बताए। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए।

Leave A Reply

Your email address will not be published.