सुचना, समाचार र मनोरन्जन

मदनको निर्देशनमा निर्माण भएको ‘एक्टर’को ट्रेलर सार्वजनिक

काठमाडौं :

आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने फिल्म ‘एक्टर’को ट्रेलर ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ। आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र ‘एक्टर’का निर्माता पत्रकार मनोहरी थापा हुन्।

Chaka Panja

‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ। मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो।

Leave A Reply

Your email address will not be published.