सुचना, समाचार र मनोरन्जन

को–को छन् ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ टिममा 

काठमाडौँ  :

संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ । ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिल महिनामा हुने आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिए ।

उनले भने,‘यस अगाडि गरिएको कार्यक्रमले हामीलाई हौसला मिलेको हो । हामी यसलाई अझै सभ्य र भव्य रुपमा गर्ने तयारीमा छौँ । अमेरिकाका विभिन्न सहरमा हामी प्रस्तुत हुनेछौँ ।’

Chaka Panja

‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङगेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुती दिनुछन् । यस्तै, ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठ लगायतले प्रस्तुती दिने आयोजकले जनाएको छ ।

गायिका लम्सालले आफू लगायत सम्पूर्ण कलाकारहरूले प्रस्तुतीको तयारी गरिरहेको बताईन् ।  उनले भनिन्,‘हामीले अन्य स्थानमा गरिरहेको प्रस्तुती भन्दा फरक तयारी गरिरहेका छौँ । यसपटक हामीसँगै दर्शकलाई नचाउँन तयारी गरिरहेका छौँ । यो साङ्गीतिक यात्रा रमाइलो र रमणीय हुनेमा विश्वस्त छौँ ।’

आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ।

Leave A Reply

Your email address will not be published.