सुचना, समाचार र मनोरन्जन

क्यान महासङ्घको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी अधिकारी

काठमाडौँ,

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को वरिष्ठ उपाध्यक्षमा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी चुनिएका छन्। महासङ्घको कार्यसमितिले ६ जना कार्यसमिति मध्येबाट अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा छनोट गरेको हो।

क्यानको विधानअनुसार उपाध्यक्षहरू मध्येबाट एक जनालाई कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ। कार्यसमितिमा सर्वसम्मतबाट उनलाई वरिष्ठ उपाध्यक्ष छनोट गरिएको हो।

२१ वर्षदेखि आइटी क्षेत्रमा कार्यरत अधिकारी साइबर सुरक्षा, नेटवर्किङ, सूचना सुरक्षा व्यवस्थापन, एआई क्षेत्रमा सक्रिय छन्। यस्तै कार्यसमिति बैठकले कोशी प्रदेशबाट ठाकुरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नारायण श्रेष्ठ, संस्थागतबाट केशव भट्टराई र व्यक्तिगत समूहबाट दीपेन्द्र पौडेललाई सचिवमा चयन गरेको छ।

Leave A Reply

Your email address will not be published.