सुचना, समाचार र मनोरन्जन

क्यान्डी रिमझिम बलले ग्राहकको मन जित्दै

पोखरा/

नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो पुरानो विरासत बोकेको  क्यान्डी रिमझिम बललाई पुनः बजारमा ल्याएसङ्गै ग्रहाकहरुको मन जितिरहेको  छ ।

८० र ९० को दशकमा निकै रुचाइएको क्यान्डीको पुनः आगमनको चर्चाले छिट्टै नै पोखरा र यस आसपासका युवा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूक मन जितिरहेको कम्पनीले जनाएको छ ।

‘पहिलोपटक सन् १९७६ मा ल्याइएको पिरो क्यान्डीले पुस्तौं पुस्तालाई यादगार सम्झनाहरू दिनुका साथै सार्वजनिकपछिको चर्चा हेर्दा आज पनि नयाँ उपभोक्ताहरूलाई आकर्षित गरेको देख्न सकिन्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको, ‘रिमझिम बल आफ्नो पुरानो उपभोक्ताहरूको गहिरो भावनात्मक सम्बन्धसँग जोडिएको छ।

धेरैका लागि यो क्यान्डी बाल्यकालको एउटा महत्वपूर्ण हिस्सा बनेको थियो, जुन जन्मदिनमा उत्सब मनाउन वा स्कुलमा अथवा स्कुलपछि खाइने रमाइलो खाजाको रुपमा हुने गथ्र्यो । यसले पुराना उपभोक्ताहरूलाई भावनात्मक रूपमा जोडेर राखेको छ ।

अहिले उपभोक्ताहरूमा पुरानो यादहरुको खोजी गर्ने प्रवृत्ति बढ्दै गएको कम्पनीको भनाइ छ । पुनः बजारमा स्थापित हुँदै गर्दा यसको लामो समयदेखि कायम रहेको ब्रान्ड प्रतिष्ठाले उपभोक्ताहरूलाई आकर्षित गर्ने महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.