सुचना, समाचार र मनोरन्जन

सरोज र आश्माको ‘चमेली ‘सार्वजनिक ,उत्कृष्ट डान्स भिडियो बनाउनेलाई नगद पुरस्कार

काठमाडौंँ :

द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल गायक प्रज्वल कार्कीको नयाँ गीत ‘चमेली ‘ सार्वजनिक भएको छ। मिलन भट्टराईको शब्द तथा संगीत रहेको गीतमा कुशल सिंह निएलले एरेन्ज गरेका हुन्।

नेपाली भिडियोमा सर्वाधिक रुचाइएको नृत्य जोडी सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय र नृत्य रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भए संगै दर्शकको रोजाइमा परेको छ। साथै   भिडियोको प्रचारप्रसारको लागि ‘डान्स च्यालेन्ज’को घोषणा समेत गरेको छ जस अन्तर्गत उत्कृष्ट डान्स गर्नेलाइ नगद रु पन्ध्र हजार पुरस्कारको साथमा आगामी कुनै एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्रदान गरिने गीतको निर्माण युनिटले जनाएको छ।

यसअघि पनि मिलन भट्टराई र प्रज्वल कार्कीको ‘नजाउ माया’ र ‘रहेन केही’  गीत सार्वजनिक भैसकेको छ।  दिनेश पराजुलीको छायांकन र विकाश धमलाको सम्पादन रहेको भिडियोलाई  निकेश खड्काले निर्देशन गरेका हुन्। ‘चमेली ‘ गीतलाई गीतकार मिलन भट्टराईको अफिसियल च्यानल ( Milan Bhattarai Official ) मार्फत सार्वजनिक भएको हो।

Leave A Reply

Your email address will not be published.