काठमाडौं,
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ ।
आन्दोलनका कारण तोडफोड र आगजनीका कारण क्षति पुगेपछि बन्द रहेको केवलकार पुनःनिर्माण पश्चात् शनिबार देखि सञ्चालन ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।
केवलकार यही कात्तिक २२ गते शनिबारबाट फेरि सञ्चालनमा आउन लागेको छ ।