पोखरा/
“खेल नै जीवन हो, खेल खेलौँ स्वस्थ्य रहौँ” भन्ने मुल नाराका साथ पोखरामा गण्डकी प्रदेश स्तरीय पाँचौँ संस्करणको चार भाई व्याडमिन्टन कप हुने भएको छ ।

चार भाई युवा क्लब पोखरा १५ नयाँ गाँउको आयोजनामा यहि माघ ११ र १२ गते ताङलेकोट तमु समाज ब्याडमिन्टन हल पोखरा १५ नयाँगाँउमा उक्त प्रतियोगिता हुन लागेको हो । पाँचौँ संस्करणको प्रतियोगितामा गण्डकी प्रदेश स्तरीय खुल्ला बि र सि लेभल मेन्स डबल र मिक्स डबल गरि तिन इभेन्ट हुने छन् । प्रतियोगिताको खुल्ला बि लेबल मेन्स डबल तर्फ प्रथम हुनेले नगद ४५ हजार, द्धितियलाई नगद ३० हजार, तृतीय हुने दूई जनाले नगद ८र८ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने चार भाई युवा क्लब पोखराका सदस्य बम गुरुङले जानकारी दिनुभयो । त्यसैगरी गण्डकी प्रदेश स्तरीय सि लेबल मेन्स डबल तर्फ विजेताले नगद ४० हजार, उपविजेताले २५ हजार र तृतिय हुने दुुई जनाले नगद ७र७ हजार शिल्ड, मेडल र प्रमाणपत्र गर्ने छन् । गण्डकी प्रदेश स्तरीय ओपन मिक्स डबल तर्फ प्रथम हुनेले २० हजार, द्धितियले १० हजार र तृतिय हुनेले नगद ३३ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बी लेभल र मिक्स डबल इभेन्टमा गण्डकी स्तरीय भएतापनि छिमेकी जिल्लहरु धादिङ्ग, पाल्पा, गुल्मि, चितवनका खेलाडीहरुले पनि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
त्यसैगरी गण्डकी ओपन मिक्स डबल इभेन्टका लागि कम्तीमा १० टीम हुनुपर्ने र १० टिम भन्दा कम भएमा स्वत रद्ध हुने पनि भनेको छ । प्रतियोगितामा सहभागि कुनै खेलाडी प्रति शंका लागेमा वा खेलमा विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय बताएको छ । प्रतियोगितामा सहभागि हुनका लागि माघ १० गते बेलुका ५ बजे सम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताबाट बचत रकम अनाथ बालबालिका लागि खर्च गरिने आयोजकको उद्देश्य छ ।