Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नाम होइन, कामले चिनिने नेतृत्व—अमृत पोख्रेल ‘बिजुली अमृत’
- विपद्को घडीमा युवा व्यवसायी राजन पन्थीको उदाहरणीय पहल, G&K बाट रु. १ लाख ११ हजार १११ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि नेपाली कलाकारहरूको हातेमालो: प्रधानमन्त्री राहतकोषमा सहयोगको ओइरो
- रियल हिरो सोनू सूदको प्रतिबद्धता : ‘नेपाल तिमी एक्लो छैनौ, हामी सहयोग लिएर आउँदैछौँ’
- २० वर्षपछि १९७४ एडीको ‘रक यात्रा’ पुनः सुरु, सेप्टेम्बर २३ बाट अष्ट्रेलिया टुर
- भोटेकोशी बाढीपीडितका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने
- भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
- यी हुन् रसुवा बाढीबाट उद्धार गरिएका विदेशी नागरिक
- गोसाइँकुण्डबाट काठमाडौं फर्कँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
- भोटेकोशी बाढीः वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर
चितवन,
इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार रु तीन करोड १९ लाख ६३ हजार १२८ को लागतमा ती घर निर्माण गरिएको हो ।
उहाँका अनुसार वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर चारमा छ, वडा नम्बर ५ मा पाँच, वडा नम्बर ६ मा आठ र वडा नम्बर ७ मा नौ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
वडा नम्बर ४ को खैरहनीटार स्थित कमला चेपाङलाई हस्तान्तरण गर्न निर्माण गरिएको घरमा कार्यक्रमको आयोजना गरी सबै परिवारलाई घर हस्तान्तरण गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले क्रमश ग्रामीण क्षेत्रका विपन्न परिवारलाई घर निर्माण गर्नुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष गुरुङले वडाहरुले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको बताउनुभयो । गत आर्थिक वर्षमा २२ वटा घर निर्माण गरेकोमा चालु आवमा दोब्बर सङ्ख्यामा घर बनाइएको हो ।
अधिकांश पहाडी भूभाग रहेको इच्छाकामनामा बहुसङ्ख्यक चेपाङ बसोबास गर्छन् । घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालसहित वडा अध्यक्षलगायत स्थानियको सहभागीता रहेको थियो ।