सुचना, समाचार र मनोरन्जन

हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी छः मुख्यमन्त्री आचार्य

बुटवल,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई आज राप्ती उपत्यका (देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सङ्घीयताको सबलीकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धि मापनमा विशेष ध्यान दिनुपर्नेमा बताए ।

प्रदेश सरकार र स्थानीय सरकार बिच नवप्रवर्तनका क्षेत्रमा साझेदारी कार्यक्रम लागू भएको जानकारी दिँदै त्यस कार्यक्रमको उपलब्धि मापनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता बताए ।

जनस्तरबाट आउने गुनासोको समयमै सम्बोधन, सूचना प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जोड दिँदै आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । सेवा प्रवाहसँग जोडिएका कार्यविधि र निर्देशिका संशोधन गरेर समय सापेक्ष बनाउनु पर्ने बताए ।

Leave A Reply

Your email address will not be published.