सुचना, समाचार र मनोरन्जन

‘छ माया छपक्कै २’ को ‘मायामा एक्सपायरी डेट हुँदैन’रिलिज,दीपक–केकीको सम्बन्धमा सनिशाको प्रवेशले बढायो कौतुहलता

काठमाडौँ :

दशैँको फूलपाती अर्थात यहि असोज ३१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘छ माया छपक्कै २’ को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार ओएसआरको युट्युब च्यानलमार्फत रिलिज गरेको हो।

यस गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। गीतमा फिल्म मुख्य कलाकार दीपकराज गिरी (राजा), केकी अधिकारी र सनिशा भट्टराईलाई फिचर गरिएको छ।

Chaka Panja

शुरुवातमा दीपक र केकीको रोमान्टिक सम्बन्धलाई देखाइएको भिडियोमा सनिशा भट्टराईको प्रवेशसँगै कथाले अर्कै मोड लिएको संकेत गर्दछ। साथीको सम्बन्धमा रहेका केकी र सनिशाको बीचमा दीपकको उपस्थितिले फिल्मभित्र बलियो प्रेम त्रिकोण (लभ ट्रयाङ्गल) वा कुनै ठूलो पारिवारिक ट्विस्ट रहेको अनुमान दर्शकले गर्न थालेका छन्।

दिपेन्द्र लामाको निर्देशन तथा दीपकराज गिरीको कथा र पटकथामा निर्माण भएको यस फिल्मको नयाँ गीतले दर्शकमाझ कथावस्तुलाई लिएर नयाँ कौतुहलता थपेको छ। फिल्ममा दीपक,केकी,सनिशाका अलवा दीपाश्री निरौला, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, रबिन्द्र झा, कर्मा शाक्य लगायतका कलाकारको अभिनय रहेको छ।

रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, किरण थापाको नृत्य निर्देशन, सुशान प्रजापति र आलोक शुक्लाको छायाङ्कन तथा बिपिन मल्लको सम्पादन रहेको यस फिल्ममा वितरण तथा प्रचारप्रसारसँगै दशैँको व्यापारमा यसले ठूलो प्रभाव पार्ने अपेक्षा निर्माण पक्षले गरेको छ। फिल्मलाई वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले गर्दैछन्।

Leave A Reply

Your email address will not be published.