सुचना, समाचार र मनोरन्जन

न्यान्सी, सुशील र रिस्ताको भावुक अवतार : फिल्म ‘अक्षरा’को ‘भाग्यले होकी’ रिलिज

काठमाडौँ :

फिल्म प्रदर्शनमा आउने तीन दिन अगाडि ‘अक्षरा’को स्याड सङ रिलिज भएको छ। निर्माण टिमले शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्ममा समावेश गीत ‘भाग्यले होकी’रिलिज गरेको हो। स्याड सङमा फिल्ममा मुख्य तीन कलाकार न्यान्सी खड्का,सुशील सिटौला र रिस्ता अधिकारी रहेका छन्।

भाग्यले होकी मलाई जीन्दगीले ढाँट्यो भन्दै न्यान्सीलाई निकै स्याड देखिन्छ। उक्त गीतको भिडियोमा सुशील र रिस्ता पनि भावुक देखिन्छन्। यो गीतको वास्तविकता भने आगामी शुक्रबारबाट हलमा हेर्न पर्ने हुन्छ। गीतमा रचना रिमालको स्वर रहेको छ भने शब्द रचना सुरेन्द्र रानाको छ। साथै संगीत कर्णराज गिरीले भरेका छन्। यस गीतको कोरियोग्राफी रामजी लानिछानेको छ।

Chaka Panja

असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’मा न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा),सृष्टि खड्काले अभिनय गरेका छन्। साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। यस फिल्मको प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने फिल्मलाई दिपेन बस्न्यातले खिचेका हुन्। साथै सम्पादनको जिम्मा गौतम खड्काको छ। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले नेपालभर फिल्म वितरणको जिम्मा लिएका छन् भने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

Leave A Reply

Your email address will not be published.