सुचना, समाचार र मनोरन्जन

छवि ओझाको ‘मंगलम्’को सिक्वेलमा पनि जोडिए निर्देशक नेपाल

काठमाडौं :

आफ्नो हिट फिल्मलाई निर्माताहरु सिक्वेल निर्माणमा लाग्नु नौलो कुरा होइन। केहि निर्माताले आफ्नो हिट फिल्मलाई सिक्वेलमा बाघ निर्माताका रुपमा चिनिएका वछि ओझा पनि कस्सिएका छन्।

उनी २०७४ सालमा निर्माण भएको फिल्म ‘मंगलम’को दोस्रो भाग ‘मंगलम २’ निर्माणमा लागेका छन्। छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहने फिल्म ‘मंगलम २’मा नवल नेपालको निर्देशन रहनेछ। छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको व्यानरमा ‘मंगलम २’ निर्माण हुनेछ। नवलले यसअघि यो व्यानरका दुई फिल्म ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए। फिल्म ‘मंगलम’को गीत ‘पर्ख पर्ख मायालु’ अहिले पनि उत्तिकै लोकप्रिय छ।

‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका छन्। निर्माता ओझाका अनुसार फिल्मका कलाकार तथा प्राविधिक केही समयपछि सार्वजनिक हुनेछन्।

Leave A Reply

Your email address will not be published.