सुचना, समाचार र मनोरन्जन

शाहीको फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर विजय लामाको लुक्स

काठमाडौँ :

नेपाली दर्शकलाई फिल्म हलमा लैजाने पहिलो बाटो हो पोस्टर। कतिपय दर्शक कुन फिल्मका को छ र के भुमिका छ भनेर पोस्टर हेरेर नै अनुमान गर्न थालेका छन्। कुनै समय राजेश हमाल फिल्ममा छ कि छैन भनेर दर्शकले बाटो हिड्दा यो पोस्टर हेर्थे र हलमा जान्थेँ। अहिले सामाजिक सञ्जालमा कुन फिल्ममा को कलाकार के भुमिकामा छन् भनेर हेर्छन्। कि त अनलाइन समाचारमा।

यतिबेला नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक भएपछि यसैको चर्चा हुन थालेको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा विजय लामालाई बृद्द गेटअपमा प्रस्तुत गरिएको छ। उनको क्यारेक्टर नाम भिस्म रहेको छ। उनको साइडमा इन्टरड्युसिङ्ग मुटु लेखिएको छ।

Gandarbha

यस फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय सिनेमा हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुटेका छन्। हाल सिनेमाको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। फिल्मको सम्पूर्ण कार्य सकिए पश्चात मात्र प्रदर्शन मिति फाइनल गर्ने निर्देशक शाहीले बताए।

यो फिल्ममा स्टारकास्टहरूको लाइन नै लागेको छ। जसमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ।

फिल्म एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्। बाबु श्रेष्ठको छायाङ्कन रहेको यस फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा शुभराज कार्की र द्रोण प्रसाद पौडेल छन् ।

Leave A Reply

Your email address will not be published.