सुचना, समाचार र मनोरन्जन

भारतका रक्षामन्त्री सिंहले शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल गरे

एजेन्सी,
पाकिस्तानसँगको तनावकाबीच भारतका रक्षामन्त्री राजनाथ सिंहले आज शीर्ष सैन्य नेतृत्वसँग छलफल गर्नुभएको छ । रक्षामन्त्री सिंहले आज नयाँ दिल्लीको साउथ ब्लकमा पश्चिमी सीमामा सुरक्षा अवस्था र भारतीय सशस्त्र बलको तयारीको समीक्षा गर्न उच्चस्तरीय छलफल गर्नुभएको रक्षा मन्त्रालयको जनसम्पर्क निर्देशनालयले जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

बैठकमा रक्षा प्रमुख जनरल अनिल चौहान, सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठी, वायुसेना प्रमुख एयर चिफ मार्शल एपी सिंह र रक्षा सचिव राजेशकुमार सिंहको उपस्थिति थियो ।

भारतले जम्मूकाश्मीरको पहलगाममा भएको आक्रमणको लागि पाकिस्तानद्वारा प्रशिक्षित ‘आतङ्कवादी’ भनेर टिप्पणी गरेको छ । तर पाकिस्तानले यो आक्रमणसँग आफ्नो देशको कुनै पनि सम्बन्ध नरहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ ।

भारतले गएको मङ्गलवार रातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ । यसैबीच भारतका संघीय मन्त्रीहरू लगातार बैठकमा छन् । संघीय स्वास्थ्य मन्त्री जेपी नड्डाले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग छलफलको तयारी गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.