काठमाडौँ,
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताएका छन् । यसले जनतामा निराशा पैदा गरेको उनले उल्लेख गरे ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले भने, ‘यो नीति तथा कार्यक्रमप्रति जनताको आशा पनि छैन, भरोसा पनि छैन ।’
फरक मत राख्ने पार्टीको मतलाई पनि सम्मान गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो । बूढीगण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना नीति तथा कार्यक्रमको प्राथमिकतामा नपरेकामा उनले आपत्ति व्यक्त गरे । नीति तथा कार्यक्रममा युवालाई रोजगारी सिर्जना गर्ने कुनै पनि कार्यक्रम समावेश नगरिएको उनले टिप्पणी गरे ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले आर्थिक मन्दी, युवा पलायन र रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र निर्भर रहनुपर्ने अवस्था भएको बताए ।