सुचना, समाचार र मनोरन्जन

१२औं छायाँछवि तीज म्यूजिक अवार्डका लागि गीत दर्ता खुला

काठमाडौं :  सांगीतिक तथा सांस्कृतिक संस्था छायाँछवि क्रियशनले १२औं संस्करणको छायाँछवि तीज म्यूजिक अवार्डका लागि तीज गीतको दर्ता खुला गरेको छ। विगत १२ वर्षदेखि लगातार आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रममा यस वर्ष पनि तीज गीतका स्रष्टाहरूलाई २५ विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ।

नेपाली हिन्दू नारीहरूको महान पर्व तीजको अवसर पारेर आयोजना गरिँदै आएको यस अवार्ड कार्यक्रममा तीजका सांगीतिक स्रष्टाहरूको योगदानलाई सम्मान गर्ने उद्देश्य राखिएको छ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले, “पहिला तीज गीतहरूमा बुहारीहरूको पीडा, वेदना प्रस्तुत गरिन्थ्यो, अहिले तीज गीतले उमंग, उत्साह र सामाजिक परिवर्तनलाई समेत समेट्न थालेको छ,” भने।

उनका अनुसार, अवार्ड समारोहमा विशेष सम्मान तथा पुरस्कारहरू पनि प्रदान गरिनेछ। सहभागी स्रष्टाहरूले गीत दर्ता साउन महिनाभर छायाँछवि क्रियशनको कार्यालय डिल्लीबजार वा इमेलमार्फत गर्न सक्नेछन्।

Leave A Reply

Your email address will not be published.