सुचना, समाचार र मनोरन्जन

‘चिल म्युजिक फेस्ट’ यही शनिबार भक्तपुरमा कन्सर्टसँगै समापन हुने

काठमाडौं :

नेपालका सांगीतिक परम्परालाई आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ यही शनिबार भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ। पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आफ्नो टिकटसँग सहकार्य गर्दै भक्तपुरको मध्यपुर थिमीस्थित हेरिटेज प्यालेसमा ‘चिल म्युजिक फेस्ट’को समापन कन्सर्ट आयोजना गर्न लागेको हो।

Pach Pandav

भक्तपुरको कन्सर्टमा कालीप्रसाद बासकोटा एण्ड साथीभाई, रक हेड्स, झिल्के एण्ड द कम्पनी र जेम्सी एकै मञ्चमा सुनिनेछन् । यसअघि चिल म्युजिक फेस्ट झापा, रुपन्देही, काठमाडौं, र चितवनमा सम्पन्न भइसकेको छ । आयोजकका अनुसार चितवनको नारायणी किनारमा झण्डै १० हजार बढी दर्शकको उपस्थिति थियो।

पीभीई नेटवर्कका विकेश कायस्थले लोक, रक, र आधुनिक संगीतको अद्भुत संयोजन दर्शाउने यो उत्सव नेटवर्कको उद्देश्यअनुसार नेपाली संगीतको धरोहर जगेर्ना गर्दै समुदायलाई आपसमा जोड्ने प्रयास रहेको बताए। कन्सर्ट हेर्न चाहने दर्शकले आफ्नो टिकटको डिजिटल प्लेटफर्म र खल्ती एपबाट टिकट लिन सक्नेछन्।

Leave A Reply

Your email address will not be published.