काठमाडौं :
शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘११ः५५’को भव्य प्रिमियर भएको छ। निर्माण टिमले बुधबार बेलुका सेलिब्रेटी तथा पत्रकारलाई साँची राखेर फिल्मको प्रिमियर गरिएको हो। प्रिमियरमा दीपक आचार्य काकु,जयकिशन बस्नेत,गलफने लगायत दर्जनौ सेलिब्रेटीको उपस्थिति रहेको थियो।
मध्यरात ११ बजेर ५५ मिनेटमा हुने घटनाको कथावस्तु वरपर घुम्ने फिल्मलाई क्राइम थ्रीलर जनरामा निर्माण गरिएको छ। केशव पाण्डेको पटकथा र निर्देशन रहेको फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज लगायतले अभिनय गरेका छन्। निर्माण पक्षका अनुसार बुधबार बेलुकादेखि नै देशभरका हलले यो फिल्मको एड्भान्स टिकट बिक्री थालेको बताएका छन्।