सुचना, समाचार र मनोरन्जन

‘ग्लोबल मनी वीक २०२५’ चल्दै

काठमाडौं/

‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक– २०२५’ गएको सोमवारदेखि शुरू भएको छ । हरेक वर्ष मार्च महिनामा हप्ताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौँ संस्करण हो ।

अभियानको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय डिजिटल वित्तीय कारोबारको विस्तारसँगै चुनौतीसमेत थपिएकोले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आह्वान गर्नुभयो ।

सन् २०१२ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी वीक मनाउँदै आइएको छ ।

Leave A Reply

Your email address will not be published.