
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- निरुताको नयाँ खुलासा : हिरोइन नहुँदै फिल्ममा दीलिप रायमाझीको आमाको भुमिका गरेकी थिइन्
- ‘हिमालयन गोल्ड’प्रिमियर शो हेरेपछि सेलिब्रेटी छक्क,भने,‘ फरक र अन्तर्राष्ट्रिय स्तरको फिल्म’
- कोरिया-नेपालको अन्तर्राष्ट्रिय चलचित्र ‘ग्रान्ड एभरेस्ट आश्रम’को मुख्य भूमिकामा अरुण क्षेत्री अनुबन्ध
- विराज भट्ट र समिरले भने,‘कुनै फिल्ममा अनुबन्ध भएका छैनौ,हल्लाको पछि नलाग्न आग्रह गर्दछौँ’
- दादुरा पुनः फैलिँदै, खोपमा सतर्कता अपनाउन आह्वान
- भारतलाई ६१५ मेगावाट बिजुली बेच्न अनुमति
- विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो
- ट्रम्प, सी र पुटिन भेटः युक्रेन युद्ध र परमाणु नियन्त्रणमा ऐतिहासिक संवाद
- प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे भोलि औपचारिक घोषणा
- काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ
चितवनका विद्यार्थी धान रोप्न सिक्दै
काठमाडौँ,
आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् । तर, चितवनको साँराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । यहाँको ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो ।
विद्यालयले धान दिवसको सन्दर्भ पारेर विद्यार्थीलाई धान, खेत र हिलोको महत्त्वबारे बुझायो । त्यसपछि विद्यार्थीले नै धान दिवससम्बन्धी प्रतियोगितात्मक गीत प्रस्तुत गरेका थिए । त्यसपछि सुरु भयो आजको मुख्य आकर्षण धान रोप्ने काम । स्कुल नजिकैको खेतमा विद्यार्थीले धान रोप्न सिके ।
विद्यार्थीलाई कार्यालय सहायक दुर्गा खनालले सिकाइ सहजीकरण गर्नुभयो । उहाँले धान रोप्दा बीउ समाउने तरिकादेखि कति दूरीको फरकमा रोप्ने र एउटा गुबोमा कतिवटा धान रोप्ने भनेर सिकाएपछि विद्यार्थीले रोप्न सुरु गरे ।

विद्यार्थीलाई सबै पूर्वतयारीका साथ नियमित व्यावहारिक सीप दिने गरिएको र आजको सिकाइ त्यसैको निरन्तरता भएको स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख रोविन अधिकारीले बताउनुभयो ।
विद्यार्थीहरू उत्साहित हुँदै रोपाइँमा सहभागी भए । यसरी सिकाउँदा आफूलाई बुझ्न सजिलो भएको र काम नै गरेर सिक्दा ज्ञान दिगो हुने अनुभूति भएको विद्यार्थीहरुले बताए । “नेपालमा व्यावहारिक शिक्षाको कमी भएको गुनासो आइरहेका बेला विद्यार्थीलाई कृषि कर्मलगायत काम व्यावहारिक रूपमा सिकाउनुपर्छ भनेर कार्यक्रम गरिएको हो, स्कुलका प्रधानाध्यापक गोपिलाल श्रेष्ठले भन्नुभयो, “यसले विद्यार्थीलाई हिलोसँग खेल्न र धान रोप्ने कार्य आफैँले अनुभव गरेर सिक्न सक्छन् ।“
स्कुलका प्रबन्ध निर्देशक शीलाल परियार यसअघि विद्यार्थीलाई आलु, केराउ रोप्न सिकाएको बताउनुहुन्छ । विद्यार्थीलाई किताबी ज्ञानले पुग्दैन, प्रत्यक्ष हेरेर र गरेर सिकेको कुरा दिगो हुन्छ । सोही अनुसार उनीहरुलाई सिकाउन थालिएको बिद्यालयले जनाएको छ ।
Prev Post